नियम १३८
मध्यस्थको माध्यमद्धारा विवाद समाधान गर्ने
नियम १३७ बमोजिमको संयन्त्रबाट
तोकिएको समयभित्र निर्णय प्राप्त नभएमा वा निर्णयमा कुनै पक्षलाई चित्त नबुझेमा
वा बन्धनकारी नभएमा सोपक्षले त्यस्तो निर्णय भएको मितिले तीस दिनभित्र खरिद
सम्झौतामा कार्यविधि उल्लेख भएकोमा सोही बमोजिम र नभएकोमा प्रचलित कानून
बमोजिम मध्यस्थको माध्यमद्धारा त्यस्तो विवाद समाधान गर्ने कारबाही शुरु गर्नु
पर्नेछ । मध्यस्थता सम्बन्धी कारबाही कार्य चालू रहेकै अवस्थामा वा पूरा भएपछि
पनि शुरु हुन सक्दछ ।